PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

टाटा सुमोबाट ६० किलो चरेस बरामद, भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

टाटा सुमोबाट ६० किलो चरेस बरामद, भारतीय नागरिक पक्राउ

वीरगन्ज : पर्सा प्रहरीले वीरगन्ज –२८ सिर्सिया खाल्वाटोलाबाट ६० किलो चरेस सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारत लैजाँदै गरेको अवस्थामा टाटा सुमोमा रहेको चरेस प्रहरीले बरामद गरेको हो। चरेससहित पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारणस्थित रक्सौलको हरदिया गाउँ निवासी ३३ वर्षीय असलम मिया अन्सारी रहेका छन्।

बी आर ०५ पी ७८२४ नम्बरको टाटासुमोमा उक्त चरेस राखी लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले बताए। दुई वटा बोराबाट आधा केजी तौल बराबरका एक सय १९ वटा चरेसको पाकेट बरामद गरिएको प्रहरीको भनाइ छ। 

मकवानपुरबाट चरेस ल्याइएको र नेपालमा उक्त चरेसको मूल्य १५ लाख बराबरको भएको प्रहरीको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell