PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

एक लाख घुस लिँदालिँदै पक्राउ परे अमिन



पहिलोपोस्ट

गौशाला : अख्तियारको टोलीले महोत्तरी नापी कार्यालय, जलेश्वरका एक अमिनलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका घर भई चार वर्षदेखि नापी कार्यालय जलेश्वरमा काम गर्दै आएका अमिन सन्तोषकुमार महासेठ रहेको अख्तियार कार्यालय, बर्दिवासले जनाएको छ। 

सेवाग्राहीसँग लिएको घुस रकम कार्यालय समयपछि लिएर जान लाग्दा सोमबार अमिन महासेठलाई पक्राउ गरिएको निमित्त प्रमुख नायब प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए।

अमिन महासेठले सेवाग्राहीसँग अंशबन्डा गराइदिने भन्दै सोबापत घुस मागेकोमा सेवाग्राहीले अख्तियार कार्यालय बर्दिवासमा महासेठविरुद्ध लिखित उजुरी दिएका थिए। 

घुस रकमसहित पक्राउ परेका अमिन महासेठलाई आवश्यक अनुसन्धानका लागि बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा लगिएको छ। उनीविरुद्ध आवश्यक अनुसन्धान सुरु भइसकेको नायब प्रहरी उपरीक्षक लम्सालले बताए।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell