PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

​इब्राहिमोभिच लगातार दशौं पटक स्वीडेनको उत्कृष्ट खेलाडी घोषित, अब स्कटहोममा स्ट्याचु बनाइने



पहिलोपोस्ट

​इब्राहिमोभिच लगातार दशौं पटक स्वीडेनको उत्कृष्ट खेलाडी घोषित, अब स्कटहोममा स्ट्याचु बनाइने

ज्लाटन इब्राहिमोभिच लगातार दशौं पटक स्वीडेनको उत्कृष्ट खेलाडी घोषित भएका छन्। 

फ्रान्समा यसै वर्ष सम्पन्न युरोकप पश्चात् स्वीडेनको राष्ट्रिय टीमबाट सन्यास लिएका इब्राहिमोभिचले कीर्तिमानी लगातार दशौं पटक स्वीडेनको उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल अवार्ड जितेका हुन्। 

समग्रमा उनले जितेको यो ११ औं अवार्ड हो। पहिलो पटक २००५ मा स्वीडेनको उत्कृष्ट खेलाडी चुनिएका इब्राहिमोभिच २००६ मा भने उत्कृष्टमा परेनन्।२००७ यता भने इब्राहिमोभिच स्वीडेनको यस अवार्डमा अभिपत्य जमाउँदै आएका छन्।

२००६ मा फ्रेडरिक एलजण्डवर्गले जितेका थिए।

११ औं पटक स्वीडेन गोल्डेन बलको अवार्ड जितेसँगै स्वीडिस फुटबल संघले इब्राहिमोभिचको स्ट्याचु बनाउने घोषणा गरेको छ।

स्वीडेनको राजधानी स्टकहोमस्थित फ्रेण्ड्स एरेनामा २.७ मिटरको स्ट्याचु निर्माण गरिन लागिएको हो।

हाल म्यानचेष्टर युनाइेटडमा खेलिरहेका ३६ वर्षे इब्राले स्वीडेनका लागि ११४ खेल खेल्दै कीर्तिमानी ६२ गोल गरेका छन्।

स्वीडिस क्लब माल्मोबाट क्लब करियर सुरु गरेका उनले नेदरल्याण्ड्को अजाक्स, इटलीको युभेन्ट्स, इन्टर मिलान, एसी मिलान, स्पेनको बार्सिलोना र फ्रान्सको पेरिस सेन्ट जर्मेनबाट खेलिसकेका छन्।

यस्तै महिलातर्फको बेस्ट डायमण्ड बल ३३ वर्षे चेल्सीकी गोलरक्षक हेडभिग लिण्डाहललाई प्रदान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell