PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

उपलब्धि गुम्ने गरी संविधान संशोधन हुन सक्दैन : नेता पौडेल



पहिलोपोस्ट

उपलब्धि गुम्ने गरी संविधान संशोधन हुन सक्दैन : नेता पौडेल

जनकपुरधाम : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति कायम गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताएका छन्।

नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा गरेको पत्रकार सम्मेलनमा उनले सङ्घीयता, लोकतन्त्र एवम् समावेशिता जस्ता महत्वपूर्ण उपलब्धिलाई गुमाउने मूर्खता कसैले पनि गर्न नहुने बताए।

संवादको माध्यमबाटै संविधान संशोधन र कार्यान्वयन गरी सङ्घीयता र गणतन्त्रलाई सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ। 'राष्ट्रका समस्याको टुङ्गो लगाई यथाशीघ्र स्थानीय र प्रदेशको चुनावतर्फ ध्यान जानुपर्छ,' नेता पौडेलले भने।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell