PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

रजनिकान्तको फिल्ममा अक्षयकुमार भिलेन, भन्छन्- 'अब सलमानसँग काम गर्न चाहन्छु'



पहिलोपोस्ट

रजनिकान्तको फिल्ममा अक्षयकुमार भिलेन, भन्छन्- 'अब सलमानसँग काम गर्न चाहन्छु'

बलिउड स्टार अक्षय कुमार सुपर स्टार रजनिकान्तको मुभी रोबट २. ० मा भिलेनका रुपमा देखिंदै छन्।

चलचित्रको टिजरमा अक्षय शैतानको रुपमा प्रस्तुत हुँदैछन। फिल्ममा अक्षयको 'द क्रो' को भूमिका हुनेछन्।

रजनिकान्तले अक्षयको तारिफ गर्दै भनेका छन्  'अक्षय एक असली हिरो हो। एउटा कलाकारको रुपमा अक्षयले आफैलाई यतिमाथी पुर्याएको छ।' २.० मा अक्षयले निभाएको भूमिका आफैंले निभाउन चाहे पनि आफूले भन्दा अक्षयले राम्रो प्रस्तुती दिएको कारण सोच त्यागेको उनको भनाई छ।

अक्षयले पनि मुभीमा रजनिकानको भूमीकालाइ लिएर तारिफ गरेका छन्। उनलाई अभिनयको 'ग्यालेक्सी' बताउँदै भने, 'पहिले तिहारको समयमा फिल्म रिलिज हुन्थ्यो। तर रजनिकान्तको फिल्म रिलिज हुनु चाही आफैमा एक तिहार हो।'

फिल्मको टिजर रिलिज कार्यक्रममा रजनिकान्त बाहेक सलमान खान, एमि जेक्सन, करण जोहार आदिको उपस्थिती रहेको बिबिसी हिन्दीले जनाएको छ।

कार्यक्रममा सलमानले भने, 'मलाई टिजर रिलिजका लागि कसैले पनि बोलाएका थिएनन्। तर यहाँ आउनबाट म आफैले आफैलाई रोक्न सकिंन। त्यसैले नबोलाएको पाहुना बनेर आइपुगें।'  

रजनिकान्तले भने सलमानसँग काम गर्ने आफ्नो इच्छा रहको खुलासा गरे। उनले भने,'सलमान तयार भए भने म उनिसँग तुरुन्तै कुनै फिल्म गर्न चाहन्छु।'

शंकर निर्देशित फ़िल्म 'एंथीरन' हिन्दीमा बनेको रोबोटको सिक्वेल बताइएको फिल्मको तारिफ गर्दै निर्देशकले भने,'फिल्मको ३.० ४.० पनि बन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell