PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

'चिण्डे लुक्स'मा केकी अधिकारी



पहिलोपोस्ट

'चिण्डे लुक्स'मा केकी अधिकारी

काठमाडौं : फरक कथा पाउनु मात्र होइन फरक रुपमा देखिनु पनि कलाकारको लागि अवसर हो। यही अवसर पाएकी छिन्, केकी अधिकारीले।

त्यसो त उनी आफ्नो अभिनयमा सधैं प्रयोगको अनुभव सँगाल्न चाहन्छिन्। 'नतिजा जस्तोसुकै भएपनि रिस्क मोलेर फरक भूमिकामा देखिन्छु। भेराइटी दिन डर लाग्दैन,' पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन्।

गायक तथा संगीतकार राज सागरको आवाजमा ’चिसो सहर’ बोलको गीत तथा म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ। केकी यसमा बिलकुलै फरक हुलियामा देखिएकी छिन्। खौरिएको कपाल र घाउसहितको अनुहारमा उनी देखा परेकी हुन्।

'भिन्न भूमिका र रुपले आफूलाई मात्र होइन दर्शकलाई पनि केही फरक महसुस गराउँछ जस्तो लाग्छ,' उनले भनिन्। 

पासाङ योन्जन निर्देशित भिडियोमा केकीले एक घाइते युवतीको भूमिका निर्वाह गरेकी हुन्। भिडियोका लागि उनको मेकअप सिमा गुरुङले गरेकी हुन्। 'चिण्डे लुक्स'मा केकी अधिकारीको यो पहिलो अभिनय हो।

हेर्नुस् भिडियो-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell