PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

गोरु काटेको अभियोगमा पक्राउ पर्नेहरु भन्छन्- 'काटेको होइन, आफैं मरेको हो'



पहिलोपोस्ट

जिरी (दोलखा) : गोरु काटेको अभियोगमा प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको छ।
 
पक्राउ पर्नेमा जिरी नगरपालिका– ५ नाबुक टोलका ३८ वर्षीय फुर्वा शेर्पा र ६० वर्षीय पल्दे शेर्पा छन्।
 
स्थानीयवासीले दिएको सूचनाका आधारमा राति ८ बजे उनीहरुलाई गोठमा मासु काट्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी नायब निरीक्षक मोहनप्रसाद आचार्यले जानकारी दिए।
 
प्रहरीले घटनास्थलबाट ४० किलो गोरुको आलो मासु बरामद गरेको छ। बरामद गरिएको मासु स्थानीयवासीको रोहबरमा आज नष्ट गरिएको छ। अभियुक्तले गोरु जिउँदो नभई बिरामी भएर आफैँ मरेको र मासु खानका लागि काटिएको बताएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell