PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

वैदेशिक रोजगार विभाग प्रमुखले दुई दिनपछाडि सम्मको हाजिर गरेको भेटियो



पहिलोपोस्ट

काठमाडौँ : राजधानीमा एक सरकारी कार्यालयका प्रमुखले दुई दिनपछाडि सम्मको हाजिर गरेको भेटिएको छ।
 
वैदेशिक रोजगार विभाग काठमाडौँ, कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद दवाडीले त्यस्तो हाजिरी गरेको पाइएको हो। व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहसहित सांसदको टोलीले विभागमा गत कात्तिक ३० गते स्थलगत अध्ययन तथा अनुगमन गर्दा दवाडीले मङ्सिर २ गतेसम्मको हाजिरी गरेको भेटिएको हो।
 
अनुगमन टोली जाँदा सोही दिन दवाडीसहित कार्यालयमा ३० कर्मचारी अनुपस्थित रहेको सभापति साहले जानकारी दिए। दुई दिन वा सोभन्दा बढी समयसम्म स्वीकृत नगराई अनुपस्थित हुने कर्मचारी १८ जना थिए। एक जना कर्मचारी त बिदा स्वीकृत नगराई १४ दिनदेखि अनुपस्थित थिए।

अनुगमनसम्बन्धी समितिले आज समितिमा प्रतिवेदन प्रस्तुत गर्दै यस्तो जानकारी गराएको हो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell