PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पुस ८ बाट हलमा लाग्दैछ 'साया'



पहिलोपोस्ट

पुस ८ बाट हलमा लाग्दैछ 'साया'

काठमाडौं : फिल्म 'साया' पुसबाट प्रदर्शनमा आउने भएको छ। प्रमिश गुरुङ निर्देशित सो फिल्म यही पुस ८ गतेबाट हलमा लाग्ने भएको हो।
 
सन्तोष गुरुङ र रामकृष्ण मगरले निर्माण गरेको फिल्मको ट्रेलर पनि युट्युब मार्फत सार्वजनिक भएको छ। रङ्गकर्मी प्रमिश गुरुङको निर्देशन रहेको यो पहिलो फिल्म हो। फिल्ममा उनी पनि कलाकारको रुपमा पनि देखिँदै छन्।
 
सामाजिक विषय र युवावस्थाको कथा उठाइएको भनिएको फिल्ममा टिना श्रेष्ठ, प्रमिश गुरुङ, उमेश तामाङ, शिला खनाल, झमक कार्की, लक्ष्मी भट्ट, उमा पाण्डे, सरोजकुमार पाण्डे लगायत कलाकारहरुको अभिनय रहेको छ।
 
फिल्म एफडी कम्पनीले वितरण गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell