PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

स्वास्थ्यमन्त्री थापाले पहिलो महिनाको तलब दिए कान्ति बाल अस्पताललाई



पहिलोपोस्ट

स्वास्थ्यमन्त्री थापाले पहिलो महिनाको तलब दिए कान्ति बाल अस्पताललाई

काठमाडौं : स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति बाल अस्पतालमा रहेको अंकोलोजी कोषलाई दिएका छन्।
 
अस्पतालहरुको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकको उपचारका लागि कोषलाई सहयोग गर्ने घोषणा गरेका थिए। सोहीअनुरुप उनले तलबबाट ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको मन्त्री थापाको निजी सचिवालयले जनाएको छ।
 
उनले अस्पतालमा उपचार गर्न आउने सबैलाई आर्थिक विपन्नहरुलाई सहयोगका लागि कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आह्वान गरेका थिए।
 
क्यान्सरपीडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको अंकोलोजी कोषमा अहिले चार करोड रुपैया रहेको अस्पतालका निर्देशक डा अजित रायमाझीले बताए। यो कोष सन् १९९७ मा बेलायती नागरिकहरुले सुरु गरिदिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell