PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

​साफ महिला च्याम्पियनसिपका लागि ४२ खेलाडी छनोट



पहिलोपोस्ट

​साफ महिला च्याम्पियनसिपका लागि ४२ खेलाडी छनोट

काठमाडौं : भारतमा हुने साफ महिला च्याम्पियनसिपका लागि ४२ खेलाडीको सूची छनोट गरिएको छ। 

चौथो संस्करणको च्याम्पियनसिपको लागि मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा ४२ खेलाडीको नाम सार्वजनिक गरिएको हो।

मुख्य प्रशिक्षक कुमार थापा, टेक्निजकल डिरेक्टर चिएकी ताकेदा, एन्फाका प्रशिक्षकहरु सुनिल कुमार श्रेष्ठ, मृगेन्द्र मिश्र र अस्मिता खवासको टोलीले पहिलो चरणमा छानिएका ७२ खेलाडीबाट ४२ खेलाडी छनोट गरेका हुन्।

केही दिनपछि एन्फाले त्यसबाट पनि ३० खेलाडी छनोट गर्ने बताएको छ।

आगामी डिसेम्बर २६ बाट भारतमा हुने साफ महिला च्याम्पियनसिपको नेपाल समूह ए मा रहेको छ।

नेपालले पहिलो खेलमा २६ डिसेम्वरमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र भुटानसँगै समूह ए मा श्रीलंका र माल्दिभ्स पनि छन्।

समूह बी मा भारत, बंगलादेश र अफगानिस्तान छन्।

च्यामिपयनसिपको सबै खेलहरु सिलगुरीस्थित कन्चनजंगा स्टेडियममा हुनेछ।

यी हुन् छानिएका ४२ खेलाडी 

गोलरक्षक : एन्जिला थुम्बा सुब्बा, नमिता कुमारी दली, लक्ष्मी नेपाल, रुपा राना मगर, अन्जली राना मगर

डिफेन्डर : घिम कुमारी गुरुङ, अमृता जैसी, अन्जली वाइबा, मन माया लिम्बु, हिरा कुमारी भुजेल, पुनम जर्गा मगर, गीता राना, बिमला बिके, नन्द कुमारी थापा, कविता धिमाल, शान्ता राई, भोज कुमारी थापा, अन्जु लोप्चन, निशा थोकर, उषा भण्डारी

मिडफिल्डर : सपना लामा, दीपा राई, लक्ष्मी पौडेल, अनिता बस्नेत, दीपा अधिकारी, सृजना खड्का, रेनुका नगरकोटी, अनिता केसी, रिना गुभाजु, यसोदा लामा, भुजुङ्गा राई, इन्दिरा राई, रुपा मगर, अन्जली योन्जन

फरवार्ड : सावित्री भण्डारी, कृष्णा खत्री, शर्मिला थापा, निरु थापा, रश्मि कुमारी घिसिङ, निर्मला बिके, मन्जु गुरुङ, सरु लिम्बु

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell