PahiloPost

Dec 27, 2025 | १२ पुष २०८२

लागुऔषध मुद्दामा दुई वर्षदेखि फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

काठमाडौं : लागुऔषध मुद्दामा फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं बाणभन्ज्याङ गाविस ९ घर भई हाल सीतापाइला बस्ने शुभाष भन्ने सुकबहादुर तामाङलाई पक्राउ गरेको हो।
 
निजलाई लागुऔषध कारोबारमा २०७१ भदौ ३ गते पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद र ५ हजार जरिवाना फैसला गरेको थियो। तामाङ अदालतले फैसला सुनाएदेखि नै फरार थिए।
 
प्रहरीले उनलाई स्वयम्भू भगवानपाउ स्थित उत्तरतर्फको मसानघाटको खाली चौरबाट पक्राउ गरेको हो। खानतलासी गर्दा तामाङको साथबाट चोरीको सामान सहित सेतो हिरोइन २० ग्राम, चरेस ५ सय ग्राम पनि बरामद भएको छ।
 
उनी लागुऔषधको खरिद बिक्री तथा चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell