PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

यु १९ एसिया कपका लागि प्रारम्भिक चरणमा ५२ खेलाडी छनोट



पहिलोपोस्ट

काठमाडौं : श्रीलंकामा हुने एसीसी यु १९ एसिया कप क्रिकेटका लागि प्रारम्भिक चरणमा ५२ खेलाडीको छनोट गरिएको छ। देशका विभिन्न ६ स्थानबाट ट्यालेन्ट हण्ट प्रोग्राम मार्फत पहिलो चरणमा कुल ५२ खेलाडीको छनोट गरिएको हो।

जस अन्तर्गत यसअघि नै यु १९ टीममा रहेका अभिनाश कर्ण, ललित नारायण राजवंशी, सन्दीप सुनार, दिपेन्द्र सिंह ऐरी, नन्दन कुमार यादव, कमल सिंह ऐरी, सागर भण्डारी र सन्दीप लामिछाने पनि परेका छन् भने बाँकी ४४ खेलाडी ट्यालेन्ट हण्ट मार्फत छानिएका हुन्। 

अष्ट्रेलियन पूर्व वान डे वर्ल्ड कप विनिङ कप्तान माइकल क्लार्कको निमन्त्रणमा सिड्नी प्रिमियर ग्रेड क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका सन्दीप केही दिनमा नेपाल फर्कदैछन्।

आइसीसीका प्रतिनिधी वेनकाटापथी राज, नेपाली सिनियर टीमका प्रशिक्षक जगत टमाटा र यु १९ प्रशिक्षक विनोद दासको समितीले खेलाडी छनोट गरेको हो।

युवा खेलाडी छान्नका लागि विराटनगर, कलैया, काठमाडौं, भैरहवा, नेपागन्ज र धनगढीमा ट्यालेन्ट हण्ड प्रोग्राम गरिएको थियो।

पहिलो चरणमा छानिएका खेलाडीहरुको क्लोज क्याम्प आगामी शुक्रबारबाट सुरु हुनेछ।

यु १९ एसिया कप आगामी डिसेम्बर ८ देखि २२ सम्म श्रीलंकामा हुनेछ।

यी हुन् प्रारम्भिक चरणमा छानिन सफल खेलाडीहरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell