PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

​च्याम्पियन्स लिग : लेस्टर पहिलो सहभागितामै नकआउट चरणमा, टोटनहम समूह चरणबाटै बाहिरियो



पहिलोपोस्ट

​च्याम्पियन्स लिग : लेस्टर पहिलो सहभागितामै नकआउट चरणमा, टोटनहम समूह चरणबाटै बाहिरियो

इंगलिस च्याम्पियन लेस्टर सिटी पहिलो सहभागितामै युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।

समूह चरणको पाँचौ खेलमा क्लब ब्रुगलाई २-१ ले पराजित गर्दै समूह ए मा अपराजित रहेको लेस्टर समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो।

लेस्टरको जितमा सिन्जी ओकाजाकी र रियाद महरेजले १/१ गोल गरे। ब्रुगका लागि जोस इजक्युर्डोले सान्त्वना गोल फर्काए।

समूह चरणमा एक खेल खेल्न बाँकी रहँदा लेस्टरको ५ खेलबाट १३ अंक भएको छ। लेस्टरले ४ खेल जित्दा एक खेल बराबरी खेलेको थियो।

लेस्टरले अब अन्तिम खेलमा एफसी पोर्टोसँग खेल्दै छ। पोर्टोविरुद्ध खेलमा जस्तो नजिता आए पनि लेस्टरलाई समूह विजेता बन्नबाट रोक्नेछैन।
 
तर पोर्टोका लागि भने नकआउटमा स्थान बनाउन लेस्टर विरुद्धको खेल जित्नैपर्नेछ। एफसी कोवनहेगनसँग गोलरहित बराबरीमा रोकिएपछि पोर्टोले लेस्टरलाई हराउनैपर्ने बाध्यता बनेको हो।

५ खेलबाट पोर्टोको ८ अंक छ भने समान खेलबाट कोवनहेगनको ६ अंक छ। कोवनहेगनले अन्तिम खेलमा ब्रुगसँग खेल्दैछ। पोर्टो लेस्टरसँग बराबरीमा रोकिए वा पराजित भए र कोवनहेगन ब्रूगलाई हराएको खण्डमा नकआउट चरणमा पुग्नेछ।

लेस्टरले नकआउटमा स्थान बनाउँदा अर्को इंगिलस क्लब टोटनहम हट्सपर भने समूह चरणबाटै बाहिरिएको छ। फ्रेन्च क्लब मोनाकोसँग २-१ ले पराजित भएपछि टोटनहमको नकआउट खेल्ने सम्भावना समाप्त भएको हो।

५ खेलमध्ये एक मात्र खेल जितेको टोटनहमको ४ अंक मात्र छ। जुन जर्मन क्लब वायर लेभरकुजन भन्दा ३ अंकले पछि हो। टोटनहमले अब अन्तिम खेलमा सिएस्केए मस्कोसँग खेल्नेछ। उक्त खेल जिते पनि टोटनहम नकआउट पुग्नेछैन। किनकि हेड टु हेडमा टोटनहम लेभरकुजन भन्दा पछि छ।

टोटनहमलाई पराजित गरेसँगै मोनाको भने समूह ई को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। ५ खेलबाट मोनाकोको ११ अंक छ। दोस्रो स्थानमा रहेको लेभरकुजन समूहको उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको छ। लेभरकुजनको ७ अंक छ।

लेभरकुजन र मस्कोले १-१ गोलको बराबरी खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell