PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

संविधान संशोधनबारे छलफल गर्न सरकार-मोर्चाबीचको बैठक बालुवाटारमा



पहिलोपोस्ट

संविधान संशोधनबारे छलफल गर्न सरकार-मोर्चाबीचको बैठक बालुवाटारमा

काठमाडौं : संविधान संशोधनबारे छलफल गर्न सरकार र मधेसी मोर्चाबीचको संयुक्त बैठक बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चा एवं संघीय गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु सहभागी छन्।

यसअघि सोमबार छलफलमा जुटेका प्रमुख तीन दलबीच कुरा नमिलेपछि एमालेका शीर्ष नेताहरु बाहिरिएका थिए।

प्रचण्डले बैठकमा संविधानमा कायम प्रदेशको सीमाङ्कनमा प्रदेश ५ मा रहेका पहाडी जिल्लाहरुलाई ४ र ६ प्रदेशमा मिलाउने प्रस्ताव गरेका थिए। जसमा कांग्रेसले समेत सहमति जनाएको थियो। मधेसी मोर्चा र संघीय गठबन्धनले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा पहाडी जिल्ला मिसाइएकोमा असन्तुष्टि राख्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell