PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

​च्याम्पियन्स लिग : डर्टमण्ड र लेगी वार्साबीचको खेलमा कीर्तिमानी १२ गोल



पहिलोपोस्ट

​च्याम्पियन्स लिग : डर्टमण्ड र लेगी वार्साबीचको खेलमा कीर्तिमानी १२ गोल

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत जर्मन क्लब बोरुसिया डर्टमण्ड र पोल्यण्डको क्लब लेगी वार्सा बीचको खेलमा कीर्तिमानी १२ गोल भएको छ।

उक्त खेल डर्टमण्डले ८-४ ले जित्यो। च्याम्पियन्स लिगको इतिहासमा एकै खेलमा १२ गोल भएको यो पहिलो पटक हो।

यसअघि सन् २००३ मा फ्रेन्च क्लब मोनाकोले स्पानिस क्लब डेपोर्टिभा ला कुरानालाई ८-३ ले पराजित गर्दा सर्वाधिक ११ गोल भएको थियो।

यस्तै बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको एक खेलमा ८ गोल गर्ने चौथो क्लब समेत बनेको छ। यसअघि मोनाकोसँगै, इंगलिस क्लब लिभरपुल र स्पानिस जायन्ट रियल मड्रिडले पनि एकै खेलमा ८ गोल गरेका थिए।

डर्टमण्डको वार्साबीचको खेलमा कुल ८ खेलाडीले गोल गरे। जुन च्याम्पियन्स लिगको एकै खेलमा सर्वाधिक खेलाडीले गोल गर्ने अर्को रेकर्ड समेत बन्यो। 

खेलमा डर्टमण्डका लागि सिन्जी कागावा र मार्को रिउसले समान २ गोल गरे भने नुरी साहिन, मोसमान डेम्बेलेले १/१ गोल गरे। वार्साका ज्याकुवले एक आत्मघाती गोल गरेका थिए।

खेलको अग्रता भने अलेक्जान्डर प्रिजोभिकको गोलमार्फत वार्साले लिएको थियो। तर कागावाले २ तथा साहिनले एक गोल गरेपछि २० मिनेट भित्रै डर्टमण्डले ३-१ को अग्रता बनाएको थियो।

वार्साका लागि प्रिजाभिकले नै अर्को गोल थपे भने माइकल कुचारसिक र नेमान्जा निकोलिकले १/१ गोल गरे। ४ गोल गरेर पनि खेल हार्ने वार्सा च्याम्पियन्स लिगमा पहिलो टीम समेत बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell