लिबाङ (रोल्पा) : भाबाङ–५ रोल्पा निवासी स्रष्टा हरिसरा घर्तीमगरलाई यस वर्षको ‘दलप्रसाद जेष्ठ साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ।
लिबाङमा सम्पन्न ललित साहित्य परिषद्को बैठकले उक्त पुरस्कार घर्तीमगरलाई प्रदान गर्ने निर्णय गरेको हो। घर्तीमगरको ‘साम्यवादी गन्तव्यको सङ्घर्षशील यात्रा’ नामक कृतिका लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको साहित्यकार खेमराज गाउँलेले जानकारी दिए।
पुरस्कार छनौट समितिले ललित साहित्य परिषद्ले प्रकाशन गरेका कृतिमध्ये सबैभन्दा जेष्ठ कृतिकारलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो।
राङ्कोट गाविसका स्वर्गीय दलप्रसाद घर्तीमगरको नाममा परिषद्मा स्थापित उक्त पुरस्कार मङ्सिर १३ गते लिबाङमा एक समारोहबीच पहिलोपटक प्रदान गर्न लागिएको परिषद्का अध्यक्ष लोक आलोकले बताए।