PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अति सीमान्तकृत आदिवासी सन्थालको कथामा बन्यो 'बोनोदल', ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

अति सीमान्तकृत आदिवासी सन्थालको कथामा बन्यो 'बोनोदल', ट्रेलर सार्वजनिक

झापा : सन्थाल बाहुल्य भएको झापा चारपाने नजिकैको कल्टु गाउँमा छायांकन गरिएको फिल्म 'बोनोदल' को ट्रेलर सार्वजनिक भएको छ।
 
झापाका युवा फिल्मकर्मी किरण खतिवडाले नेपालमै पहिलोपटक अति सीमान्तकृत आदिवासी सन्थाल (सतार) भाषाको फिल्म बनेको दाबी गरे। ‘जन्मदिन’, ‘वचन’ लगायतका फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका खतिवडा यसका निर्देशक हुन्।
 
बोनोदलको अर्थ परिवर्तन हो। अशिक्षाका कारण भारत पलायन हुँदै गएको यो समुदायमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने सन्देश फिल्मले बोकेको निर्देशक खतिवडाको भनाइ छ।

'सन्थाल समुदायको धर्म, संस्कृति, रीतिरिवाज र रहनसहनबारे अध्ययन गरेपछि मात्रै फिल्म निर्माणमा मैले हात हालेको हुँ,' उनले भने, 'समुदायमा विद्यमान ‘माझिहडम’ प्रथालाई फिल्मले उठाएको छ। समुदायका तमाम मुद्दाहरू माझिहडमले हेर्छन्।'
 
सुनील हस्दा र कविता बास्केको मुख्य भूमिका रहेको फिल्मलाई जोना किस्कु र देवान टुडुले सन्थाली भाषामा अनुवाद गरेका हुन्। सन्थाल समुदायका सांसद मोहन टुडु, देवान टुडु, राजन बास्के, निस्पक्टर मुर्मु, बलराम हेमरम, रिता सोरेन मिना टुडु लगायतका कलाकारले पनि फिल्ममा अभिनय गरेका छन्। इन्स्पायर प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता जिया मरहठ्ठा हुन्।

हेर्नुस् ट्रेलर-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell