PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

इराकको मोसुलबाट ६८ हजारभन्दा बढी विस्थापित



पहिलोपोस्ट

संयुक्त राष्ट्रसङ्घ : संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयले इराकको मोसुल सहरबाट ६८ हजार पाँच सयभन्दा बढी विस्थापित भएको जनाएको छ।

राष्ट्रसङ्घका प्रवक्ता स्टेफान डुजर्रिकले सुरक्षा कारबाहीका कारण उनीहरू विस्थापित हुनु परेको बताए।

नियमित पत्रकार भेटघाटका क्रममा उनले विस्थापितको सङ्ख्या तीन दिनअगाडि ६० हजार भएकामा अहिले बढेर झन्डै ६८ हजार पाँच सय पुगेको जानकारी दिए।

मोसुल इराकको राजधानी बग्दाददेखि झन्डै चार सय किलोमिटर उत्तरतर्फ पर्दछ। यस सहरलाई सन् २०१४ जुनदेखि इस्लामिक स्टेट (आइएस) लडाकुले नियन्त्रणमा लिएका छन्। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell