PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

‘फिल्म निर्देशकको जिब्रो काट्नेलाई एक करोड’



पहिलोपोस्ट

‘फिल्म निर्देशकको जिब्रो काट्नेलाई एक करोड’

भारत मथुराको बर्सना गाउँ र नन्दगाउँ बिच विवाह नगराउने चलन छ।

त्यहाँका बासिन्दाका अनुसार भगवान् कृष्णको गाउँ नन्दगाउँ र राधाको बर्सना भएकाले विवाह प्रतिबन्ध गरिएको हो। अक्षयकुमार अभिनित ‘ट्वाइलेट: एक प्रेम कथा’ फिल्ममा यही विषयलाई देखाउन खोजिएको छ।

यस अघि फिल्म स्वच्छ भारत अभियान सुरु भएपछि पनि देखिएको फोहोरको बिरोधको विषयमा भएको बताइएको थियो। ट्वाइलेट: एक प्रेम कथा छायंकनको लागि फ्लोरमा गएदेखि समाचारमा छायो। मथुरामा सुटिङ भइरहेको फिल्म अहिले भने कन्ट्रोभर्सीमा आएको छ।

कृष्ण र राधाको कथा बोल्ने फिल्मको धार्मिक पक्षमा मथुराका जनताले आपत्ती जनाएका हुन् मथुरामा भएको महापंचायतले फिल्मको बिरोध गरेको हो।

पञ्चायतका फूलदोला बिहारी दासले भनेका छन् , 'ट्वाइलेटको कथाले गाउँको विवाह गर्ने चलनको निंदा गरेको छ।' उनले फिल्मको निर्देशकको जिब्रो काटिदिनेलाई एक करोड रुपैयाले पुरस्कृत गर्ने समेत बताएको बलिउड हंगामाले जनाएको छ।

फिल्ममा अक्षयको अपोजिटमा भूमी पेड्नेकर देखिएकी छिन्। फिल्मलाई श्री नायारण सिंहले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell