PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

पोखरामा अल्ट्रालाइट दुर्घटना : रसियन पाइलटको मृत्यु, क्यानेडियन नागरिक घाइते



पहिलोपोस्ट

पोखरामा अल्ट्रालाइट दुर्घटना : रसियन पाइलटको मृत्यु, क्यानेडियन नागरिक घाइते

पोखरा : कास्कीको चापाकोटमा बुधबार बिहान अल्ट्रालाइट दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रसियन पाइलट अलेक्जेन्डर म्याक्सीस छन्। अल्ट्रालाइटमै रहेका अर्को क्यानेडियन नागरिक जिम्मे भने सामान्य घाइते भएको  र उनको पोखराकै गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। 

उड्ने क्रममा धावान मार्गबाट करिब तीन सय मिटर पर पुग्दा प्राविधिक समस्याको कारण एभिया क्लाबको सो अल्ट्रालाइट दुर्घटना भएको वडा प्रहरी कार्यालय बैदामका सहायक प्रहरी निरीक्षक पदम केसीले पहिलोपोस्टलाई जानकारी दिए।

पोखरा विमानस्थलबाट १५ मिनेटदेखि डेढ घन्टासम्मका चार किसिमका अल्ट्रलाइट सेवा छन्। १५ मिनेटको उडानका लागि ७ हजार ५ सय, ३० मिनेटको लागि १३ हजार ५ सय, ६० मिनेटको लागि २३ हजार ५ सय र ९० मिनेटको लागि ३१ हजार शुल्क निर्धारण गरिएको एभिया क्लब नेपालका व्यवस्थापक रिजन रिजालले बताए। (फाइल फोटो : foxbatpilot.com)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell