PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

नेपालमा आइफोन-७ बिक्रीमा रेकर्ड, तीन दिनमा १८ सय ३० सेट बिक्री भएको दाबी



पहिलोपोस्ट

नेपालमा आइफोन-७ बिक्रीमा रेकर्ड, तीन दिनमा १८ सय ३० सेट बिक्री भएको दाबी

काठमाडौं : नेपालमा सार्वजनिक भएको तीन दिनमा आइफोन-७ १८ सय ३० वटा बिक्री भएको छ। एप्पलको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशनले तीन दिनमा यो परिमाणको आइफोन बिक्री भएको दाबी गरेको हो।
 
कम्पनीले गत शुक्रबार आइफोन-७ र आर्इफोन-७ प्लस बिक्री सुरु गरेको थियो। कम्पनीले अझै धेरै अर्डर आइरहेको बताउँदै बजारको रेस्पोन्सले उत्साहित बनाएको जनाएको छ। कम्पनीले एक वर्षको वारेन्टीसहित भ्याट बिल दिने जनाएको छ।
 
कम्पनीका अनुसार इभो स्टोर, फ्युचर वर्ल्ड, ओलिज स्टोर, सोनु मोबाइल, एपेक्स डिजिटलबाट आइफोन खरिद गर्न सकिनेछ। आफूले खरिद गरेको एप्पल प्रोडक्ट जेन्युइन हो कि हैन भन्ने पत्ता लगाउन यो साइटमा गई सिरियल नम्बर र आइएमइआई इन्टर गरी हेर्न सकिने कम्पनीले जनाएको छ।
 

कुन मोडलको मूल्य कति ?

कम्पनीले आइफोन७ ३२ जिबीको ९१ हजार, १२८ जिबीको एक लाख ५५ सय र २५६ जिबीको १ लाख १९ हजार ५ सय मूल्य तोकेको छ। त्यसैगरी आइफोन सेभेन प्लसमा ३२ जिबीको १ लाख ८ हजार, १२८ जिबीको १ लाख २२ हजार ५ सय र २५६ जिबीको १ लाख ३६ हजार पर्नेछ।
 
अमेरिकामा आइफोन७ ३२ जिबीको ६४९ डलर, १२८ जिबीको ७४९ डलर र २५६ जिबीको ८४९ डलर पर्छ। त्यसैगरी आइफोन७ प्लस १२८ जिबीको ८६९ डलर र २५६ जिबीको ९६९ डलर पर्छ।
 
भारतमा आइफोन७ ३२ जिबीको भारु ६० हजार पर्छ भने १२८ जिबीको ७० हजार र २५६ जिबीको ८० हजार पर्छ। त्यसैगरी आइफोन सेभेन प्लस ३२ जिबीको ७२ हजार, १२८ जिबीको ८२ हजार र २५६ जिबीको ९२ हजार पर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell