PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

विद्युत् चोरी गर्ने २३ जना पक्राउ, झन्डै ८ लाख रुपैयाँ जरिवाना असुल



पहिलोपोस्ट

विद्युत् चोरी गर्ने २३ जना पक्राउ, झन्डै ८ लाख रुपैयाँ जरिवाना असुल

लहान : विद्युत प्राधिकरण कार्यालय लहानले विद्युत् चोरीको आरोपमा २३ जनालाई पक्राउ गरेको छ।
 
विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले हुकिङ्ग गरी विद्यु चोरी गरिरहेको अवस्थामा जिल्लाको बस्तीपुर, झिटकी, कमल दह, ढोढना, शोभापुर, भदैया लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्राधिकरण लहानका प्रमुख माधवप्रसाद यादवले जानकारी दिए।
 
पक्राउ गरिएका सबैमाथि विद्युत चुहावट ऐनअन्तर्गत कारबाही गरिने उनले बताए। कार्यालय प्रमुख यादवका अनुसार, विद्येत चोरीको आरोपमा कार्यालयले साउनदेखि हालसम्म ८१ जनालाई पक्राउ गरिएको र उनीहरुबाट विद्युत् मोटर, फ्रिज, टेलिभिजन, पङ्खालगायतका ५६ थान समान समेत बरामद गरिएको छ।
 
पक्राउ परेकाबाट जरिवाना स्वरुप रु ७ लाख ९३ हजार ४ सय सङ्कलन भएको पनि उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell