काठमाडौं : नेपाली बजारमा अर्को चिनियाँ ब्राण्डको मोबाइल थपिएको छ। लियागो ब्राण्डको मोबाइल नेपाली बजारमा भित्रिएको हो। दसैंअघि ओप्पो र मेजु ब्राण्डका चिनियाँ ब्राण्डका मोबाइल नेपाली बजारमा आएका थिए।
नेपाली बजारमा जियोनी, हुवावे, जेटिर्इ, वान प्लस र शाओमी ब्राण्डका चिनियाँ मोबाइल भित्रिसकेका छन्। चिनियाँ ब्राण्डसँगै प्रतिस्पर्धा गर्न लियागो मोबाइल नेपाली बजारमा आएको हो।
नेपालको आधिकारिक बिक्रेता जेएसएस ग्रुपले यो मोबाइल नेपाली बजारमा ल्याएको हो। कम्पनीका अनुसार यो मोबाइल चार सिरिजका ११ मोडल बजारमा आएको छ।
कम्पनीका प्रबन्ध निर्देशक मोहन वंशलले सस्तो मूल्यमा सबै सुविधा भएको स्टाइलिस मोबाइल उपभोक्ताले मन पराउने बताए। उनका अनुसार यो मोबाइल मलेसिया, बेलायत, क्यानडा लगायतका २० मुलुकमा बिक्री भइरहेका छन्।