PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

गढीमाईलाई लुम्बिनी र पशुपतिनाथ जत्तिकै विकास गर्नुपर्छ : राष्ट्रपति भण्डारी



पहिलोपोस्ट

गढीमाईलाई लुम्बिनी र पशुपतिनाथ जत्तिकै विकास गर्नुपर्छ : राष्ट्रपति भण्डारी

वीरगन्ज : राष्ट्रपति विद्यादेवी भण्डारीले गढीमाई मन्दिरलाई लुम्बिनी र पशुपतिनाथको जस्तो धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताएकी छिन्।
 
बाराको गढीमाई नगरपालिकास्थित शक्तिपीठ गढीमाईको पूजाअर्चनापछि आयोजित सभालाई सम्बोधन गर्दै उनले गढीमाईलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न बृहत्तर गुरुयोजना बनाई सरकारसमक्ष पेस गर्न सुझाव पनि दिइन्।
 
राष्ट्रपति भण्डारीले गढीमाईको विकास गर्ने गुरुयोजना कार्यान्वयनका लागि आफूले सरकारलाई घचघच्याउने वचन पनि दिएकी छिन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell