PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

फुटबलर क्रिस्टियानो रोनाल्डोकी नयाँ प्रेमिका सार्वजनिक रुपमा देखा परिन्



पहिलोपोस्ट

फुटबलर क्रिस्टियानो रोनाल्डोकी नयाँ प्रेमिका सार्वजनिक रुपमा देखा परिन्

लामो समय सँगै रहेकी रसियन प्रेमिका एरिना सायकसँग सम्बन्ध टुटेपछि नयाँ प्रेमिकाको खोजीमा रहेका फुटबलर क्रिस्टियानो रोनाल्डोकी नयाँ प्रेमिका सार्वजनिक रुपमा देखापरेकी छिन्।

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आफ्नो पुरानो क्लब स्पोर्टिङ सिएफ विरुद्धको खेल खेल्ने क्रममा रोनाल्डो छोटो भ्रमणमा पेरिसको डिज्नेल्याण्ड पुगेका थिए। जहाँ उनलाई जर्जिना रोड्रिगेजसँगै देखिएको थियो। 

नायँ प्रेमिकासँग देखिएका ३१ वर्षे रियल मड्रिड स्टार रोनालडोले विन्टर कोट, फुल हुड लगाएका थिए भने टाउकोमा बेलबल क्याप र टिन्टेड सनग्लास लगाएका थिए।

पूर्व मिस स्पेन डिजाइरी कोर्डेरा फेररसँग सम्बन्ध विच्छेद भएपछि रोनाल्डो सिंगल थिए। 

यसअघि रोनाल्डोको इंगलिस मोडल एलिस गुडविन र जेम्मा एटकिनसनसँग पनि सम्बन्ध रहेको थियो। त्यसपछि सन् २०११ मा रसियन एरिना सायकसँग सम्बन्ध अगाडि बढाएका रोनाल्डोले उनीसँग सबैभन्दा लामो समय बिताएका थिए। 

२०१४ को भोग स्पानिस एडिसनमा सँगै देखिएका रोनाल्डो र सायकबीच गत वर्ष जनवरी १५ मा सम्बन्ध विच्छेद भएको थियो।

अहिलेसम्म विवाह नगरे पनि रोनाल्डो सन् २०१० मा छोराका बाबु बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell