PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

तरकारीवाली नामले चर्चामा आएकी कुसुमलाई लम्फुले दिलायो मास्टर्स सम्मको छात्रवृत्ति



पहिलोपोस्ट

तरकारीवाली नामले चर्चामा आएकी कुसुमलाई लम्फुले दिलायो मास्टर्स सम्मको छात्रवृत्ति

काठमाडौं : सामाजिक सञ्जालमा 'तरकारीवाली'को रुपमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई फिल्म 'लम्फू' युनिटको सहयोगमा स्नातकोत्तर तहसम्म नि:शुल्क छात्रवृत्ति दिइएको छ।
 
कुसुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा कार्यक्रम आयोजना गरी फिल्म निर्माता कम्पनी पपुलर मल्टी मिडियाले कक्षा ११ र १२ का लागि क्वेस्ट कलेजसँगको सहकार्यता छात्रवृत्ति प्रदान गरेको हो। त्यस्तै, काठमाडौंको बबरमहलस्थित नेपाल मेघा कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनको पूर्ण छात्रवृत्ति प्रदान गरिने भएको छ।
 
छात्रवृत्तिको घोषणापछि कुसुमले यो सहयोग आफ्ना लागि अतुलनीय रहेको प्रतिक्रया दिइन्। ‘अब उहाँहरुको चाहनाअनुरुप उच्च शिक्षा प्राप्त गर्न निरन्तर मेहनत गर्नेछु,' उनले भनिन्, 'अहिले मेरो प्राथमिकता भनेको अध्ययन नै हो।’ उच्च शिक्षासँगै देशको नाम राखेर बाबा-आमाको सपना साकार पार्ने पनि उनले बताइन्।
 
पपुलर मल्टी मिडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनीले कुसुमको पढ्ने चाहनालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
 
नेपाल चलचित्र निर्देशक समाजका महासचिव तथा निर्देशक गोपाल चन्द्र लामिछानेले आफूले ‘लम्फू’मा अफर गरे पनि पहिले पढ्ने मनशय व्यक्त गरेकाले छात्रवृत्ति दिलाइएको जानकारी गराए।

केही समयअघि तरकारी बोकेर पुलमा हिँडिरहेको अवस्थामा खिचिएको उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell