PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

​च्याम्पियन्स लिग : रोस्तोभले वायर्नलाई हरायो, बेसिकटासको शानदार कमब्याक



पहिलोपोस्ट

​च्याम्पियन्स लिग : रोस्तोभले वायर्नलाई हरायो, बेसिकटासको शानदार कमब्याक

रसियन क्लब रोस्तोभले युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा पहिलो जित हात पारेको छ। 

यसै सिजन मात्र च्याम्पियन्स लिगका डेब्यु गरेको रोस्तोभले पहिलो जित हात पार्ने क्रममा जर्मन महारथी वायर्न म्युनिखलाई ३-२ ले स्तब्ध पार्यो। 

यसअघि समूहको पहिलो खेलमै वायर्नसँग ५-० ले पराजित हुँदै च्याम्पियन्स लिगको यात्रा सुरु गरेको रोस्तोभले डच क्लब पिएसी आइन्डहोवनलाई बराबरीमा रोक्नु नै ठूलो उपलब्धि थियो। 

तर समूह डी को पाँचौ खेलमा रोस्तेभले घरेलु मैदानमा वायर्नलाई पराजित गर्दै पहिलो जित मात्र हात पारेन, यसअघिको हारको बदला समेत लियो।

रोस्तोभका लागि ६७ औं मिनेटमा क्रिस्टियन नोबोअले विजयी गोल गरेका थिए। यसअघि ३५ औं मिनेटमा डुगलास कोस्टाले गोल गर्दै वायर्नलाई पहिले अग्रता दिलाएपनि ४४ औं मिनेटमा सरडार अजमोनले गोल गर्दै पहिलो हाफमै बराबरी गरेका थिए।

५० औं मिनेटमा दिमित्री पोलोजले गोल गर्दै रोस्तोभलाई २-१ को अग्रता दिलाएका थिए। तर त्यसको दुई मिनेटपछि नै युलियन बर्नाटले गोल गरेपनि खेल २-२ को बराबरीमा पुग्यो। घरेलु मैदान शानदार प्रदर्शन गरेको रोस्तोभको लागि क्रिस्टियन नोबोअले गरेको गोल नै निर्णायक बन्यो। समूह चरणमा वायर्नको यो दोस्रो हार हो।

जितसँगै ५ खेलबाट ४ अंक जोडेको रोस्तोभ यसअघि नै समूह चरणबाट बाहिरिइसकेको छ। पराजयपछि ९ अंक मात्र जोडेको वायर्न भने समूह डी को उपविजेता बनेको छ।

अर्को खेलमा एथ्लेटिको मड्रिड पिएसभी आइन्डहोवनलाई २-० ले पराजित गर्दै समूह विजेता बनेको छ। समूह चरणमा अपराजित रहेको एथ्लेटिकोको १५ अंक भएकोछ। एथ्लेटिकोको जितमा केभिन गमेइरो र एन्टोनिओ ग्रिज्मनले दोस्रो हाफमा १/१ गोल गरे।

रसियन क्लब रोस्तोभले वायर्नलाई स्तब्ध पारेको दिन टर्कीस क्लब बेसिकटासले पनि शानदार कमब्याक गर्दै वेनफिकासँग ३-३ गोलको बराबरी खेलेको छ। ३-० ले पछि परेको स्थिती उल्टाउँदै बेसिकटासलेलगातार ३ गोल फर्काएको हो। 

पहिलो हाफमै ३ गोलले पछि परेको बेसिकटासले अन्तिम ७ मिनेटमा २ गोल गरेको थियो। ५८ औं मिनेटमा सेन्क टोसुमले बेसिकटासका लागि पहिलो गोल गरेका थिए। ८३ औं मिनेटमा रिकार्डो क्वेरेस्माले पेनाल्टीमार्फत गोल गरेपछि ८९ औं भिनसेन्ट अबाउबाकरले बराबरी गोल गरेका हुन्।

यसअघि गुनकालो गुएडेस, नेल्सिन्हो र फेज्साले गोल गर्दै ३१ मिनेटभित्र वेनफिकालाई ३-० को अग्रता दिलाएका थिए। तर त्यो अग्रता कायम राख्न नसक्दा वेनफिकाले जित हात पार्न सकेन।

बराबरीसँगै बेसिकटासले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ। ५ खेलबाट ४ बराबरी र १ जित गरी ७ अंक जोडेको बेसिकटास समूह बी को तेस्रो स्थानमा छ र नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ। 

वेनफिका ८ अंक सहित समूहको दोस्रो स्थानमा छ। यसै समूहको अर्को खेलमा नेपाली डाइनामो किभसँग गोलरहित बराबरीमा रोकिएपछि एक खेल अघि नै नकआउट चरण प्रवेश गर्ने मौका गुमायो। बराबरीपछि नेपालेीको पनि ८ अंक नै छ। 

२ अंक मात्र जोडेको डाइनाभो किभ भने बाहिरिसकेको छ। समूह बी मा नकआउट चरण पुग्न अब त्रिपक्षिय भिडन्त हुनेछ। सम्रह बी को अन्तिम खेलमा  वेनफिका र नेपोली र बेसिकटास र डाइनामो किभबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell