PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

युसिएल : मेसीको २ गोलमा बार्सिलोनाको जित, सिटी बराबरीमा रोकिए पनि बार्सिलोनासँगै नकआउट चरणमा



पहिलोपोस्ट

युसिएल : मेसीको २ गोलमा बार्सिलोनाको जित, सिटी बराबरीमा रोकिए पनि बार्सिलोनासँगै नकआउट चरणमा

लियोनल मेसीको प्रेरणदायी प्रदर्शनमा बार्सिलोना सेल्टिकलाई २-० ले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। बार्सिलोनाको जितमा दुबै गोल मेसीले गरे।

ला लिगामा मालागा विरुद्ध नखेलेका मेसीले च्याम्पियन्स लिगमा सेल्टिक विरुद्ध उसैको मैदानम २ गोल गरेका गरेका हुन्। मेसीले २४ औं मिनेटमा पहिलो गोल गरेका थिए। दोस्रो हाफमा पनि मेसीले गोल थपे।

५६ औं मिनेटमा लुइस सुवारेजलाई डि एरिया भित्र सेल्टिकका खेलाडीले फल गरेपनि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका हुन्। बार्सिलोनाले घरेलु मैदान सेल्टिकलाई ७-० ले हराउँदा मेसीले ह्याट्रिक गरेका थिए।

सेल्टिक विरुद्धको २ गोलसँगै मेसीको च्याम्पियन्स लिगमा गोल संख्या ९२ पुगेको छ। अब मेसी सर्वाधिक गोलकर्ता रहेका क्रिस्टियानो रोनाल्डो भन्दा ३ गोलले मात्र पछि छन्। रोनाल्डोले ९५ गोल गरिसकेका छन्।

जितसँगै समूह सी मा १२ अंक जोडेको बार्सिलोना एक खेल खेल्नु अघि नै समूह विजेता बनेको छ। बार्सिलोना स्पेनबाट नकआउट चरणमा छानिने तेस्रो क्लब बनेको छ। यसअघि नै एथ्लेटिको मड्रिड र रियल मड्रिड अन्तिम १६ मा प्रवेश गरिसकेका छन्। स्पेनको अर्को क्लब सेभिया पनि नकआउट चरण नजिकै छ।

समूह सी कै अर्को खेलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकसँग बराबरी खेलेको इंगलिस क्लब म्यानचेष्टर सिटी पनि नकआउट चरण प्रवेश गरेको छ। 

बोरुसियाको मैदानमा भएको खेलमा १-१ गोलको बराबरीमा सकिएको थियो। दुबै गोल पहिलो हाफमा भएको थियो। २३ औं मिनेटमा राफेल गोल गर्दै बोरुसियालाई पहिले अग्रता दिलाएपनि पहिलो हाफको अन्त्यतिर डेभिड शिल्भाले बराबरी गोल फर्काएका थिए।

दोस्रो हाफमा बोरुसियाका ला्स स्टेन्डिल र सिटीका फर्नान्डिन्होले रातो कार्ठको सामना गरेपछि दुबै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

बराबरीपछि सिटी ८ अंक जोड्दै समूह सी का उपविजेता बन्यो। ५ खेलबाट ५ अंक मात्रै जोडेको जर्मन क्लब बोरुसिया भने एक खेल खेल्नु अगावै बाहिरिएको छ।

सिटी नकआउट चरण पुग्ने तेस्रो इंगलिस क्लब बनेको छ। यसअघि नै इंगल्याण्डका आर्सनल र लेस्टर सिटीले अन्तिम १६ मा स्थान बनाइसकेका छन्। 

आर्सनलले समूह ए को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग २-२ गोलको बराबरी खेलेको छ। दुबै क्लब यसअघि नै नकआउट चरणमा पुगिसकेका छन्। यसै समूहको अर्को खेलमा बासेल र लुडोगोरेट्सले गोलरहित बराबरी खेलेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell