PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

समृद्ध नेपालका लागि योग आवश्यक : राष्ट्रपति भण्डारी



राधेश्याम पटेल

पर्सा : राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणका लागि योग अति आवश्यक माध्यम रहेको बताएकी छिन्। बिहीबार बिहान वीरगन्जमा सुरु भएको पाँचदिने योग विज्ञान शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मानसिक र शारीरिक आनन्द लिन पनि योग महत्वपूर्ण माध्यम हुने धारणा राखिन्।

‘योग कला पूर्वीय सभ्यताको प्रतीक भएकोले मानसिक र शारीरिक स्वस्थताको लागि दैनिक जीवनमा योग आवश्यक छ,’ राष्ट्रपति भण्डारीले थपिन्, ‘नेपालमा एक हजार वर्षदेखि ऋषि महर्षिहरुले योग साधना गर्दै आएकाले नेपालमा यसको भूमिका महत्वपूर्ण हुनुपर्छ।’

यसअघि उनले दीप प्रज्वलन गरी स्थानीय आदर्शनगर रंगशालामा शिविरको उद्घाट्न गरेकी थिइन्। उनलाई बाबा रामदेवले माला लगाई दोसल्ला ओढाई सम्मान गरेका थिए। योग शिविरका लागि भारतबाट योगगुरु बाबा रामदेव लगायत आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell