PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

बाबा रामदेवले भने- 'पाँच दिनमा तपाईंहरुको पाँच लाख वजन घटाइदिन्छु'



राधेश्याम पटेल

बाबा रामदेवले भने- 'पाँच दिनमा तपाईंहरुको पाँच लाख वजन घटाइदिन्छु'

पर्सा : योगगुरु बाबा रामदेवले योग शिविरबाट वीरगन्जबासीले ठूलो लाभ लिने बताएका छन्। आजदेखि सुरु भएको पाँच दिनको शिविर उद्घाटन क्रममा बोल्दै उनले पाँच दिनभित्र प्रशिक्षार्थीहरुको पाँच लाख किलो वजन घटाउने दाबी पनि गरे।
 
भारतबाट पतन्जली ब्राण्डले अन्य बहुराष्ट्रिय कम्पनीका उत्पादनलाई परास्त गरिरहेको दाबी गर्दै नेपालबाट पनि यस्ता कम्पनीका उत्पादनहरुलाई बहिष्कार गर्न आह्वान गरे।
 
पतन्जली योगपीठ नेपालका ट्रष्टी शालिग्राम सिंहले एक साताको बसाइमा रामदेवले कम्तीमा नेपालको लागि आफ्नो ३५ करोड रुपैयाँ त्याग गरी यहाँ आएको बताए।
 
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन योगगुरु रामदेवले अनुकरणीय भूमिका खेल्दै आएको भन्दै प्रशंसा गरे। वीरगन्जमा आएर यस क्षेत्रका बासिन्दालाई योग प्रशिक्षण दिएर रामदेवले ठूलो गुन लगाएको उनको भनाइ छ।
 
बिहीबार बिहान वीरगन्जको आदर्शनगर रंगशालामा सुरु भएको पाँचदिने योग विज्ञान शिविरको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाट्न गरेकी थिइन्। उनलाई बाबा रामदेवले माला लगाई दोसल्ला ओढाई सम्मान गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell