PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

वीरगन्जमा रामदेवको योग शिविर, हेर्नुस् ११ फोटोमा

वीरगन्जमा रामदेवको योग शिविर, हेर्नुस् ११ फोटोमा

राधेश्याम पटेल/पहिलोपोस्ट


पर्सा : आजदेखि वीरगन्जको आदर्शनगर रंगशालामा पाँचदिने विज्ञान योग शिविर सुरु भएको छ। बिहानै राष्ट्रपति विद्यादेवी भण्डारीले शिविरको उद्घाटन गरिन्।

सो क्रममा उनलाई बाबा रामदेवले माला लगाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। उद्घाटनका अवसरमा बोल्दै रामदेवले पाँच दिनभित्र प्रशिक्षार्थीहरुको पाँच लाख किलो वजन घटाउने दाबी पनि गरेका छन्।

स्वागत नृत्यसँगै शिविरमा विभिन्न किसिमको प्रणाय र योगसाधना सिकाइएको थियो। 

शिविरमा सहभागी हुन नेपालभरका र भारतबाट समेत गरी करिब २० हजार प्रशिक्षार्थी, शिक्षक तथा पतन्जलीका जिल्ला पदाधिकारीहरु आएको पतन्जली योग समिति नेपालका केन्द्रीय प्रभारी लवेदव मिश्रले जानकारी दिएका छन्।

प्रशिक्षण शिविरलगत्तै बाबा रामदेवले यहाँस्थित गहवा माई मन्दिरमा पूजाअर्चना गरेका छन्। उनी आजै बारा प्रसौनी ९ स्थित पतन्जली ग्रामोद्योगको उद्घाट्न समारोहमा पनि सरिक हुनेछन्।

फोटोमा हेर्नुस् योग शिविरका विभिन्न झलकहरु-


ट्रेन्डिङ पोस्ट

Ncell