PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

भारु पाँच सय र दुई हजारको नयाँ नोट नेपालमा नचल्ने, चलाउन सरकारी तहमै सहमति चाहिने



पहिलोपोस्ट

भारु पाँच सय र दुई हजारको नयाँ नोट नेपालमा नचल्ने, चलाउन सरकारी तहमै सहमति चाहिने

विराटनगर : प्रतिबन्धित भारु ५ सय र हजारको नोटको विपकल्पको रुपमा भारत सरकारले चलनचल्तीमा ल्याएको नयाँ ५ सय र २ हजारको भारु नोट नेपालमा नचल्ने भएको छ। 
 
उद्योग सङ्गठन मोरङमा स्थानीय व्यवसायीसँग छलफल गर्दै नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयका निर्देशक रामु पौडेलले उक्त जानकारी दिएका हुन्।
 
दुवै मुलुकका सरकारबीच कुराकानी भएर निर्णय नभएसम्म भारतका ठूला दरका नयाँ नोट नचल्ने उनले प्रष्ट पारे।
 
‘जसरी पहिले दुवै सरकारबीच कुरा भएर भारु ५ सय र हजारका नोट २५ हजारसम्म चलेको हो,' पौडेलले भने, 'अब नयाँ परिवेशमा पनि त्यस्तै हुन्छ। दुj}सरकारको आपसी निर्णयबाट मात्र नोट चल्न सक्नेछन्।’
 
उनले भारतीय नोटमा लागेको प्रतिबन्धले तत्कालका लागि केही समस्या भए पनि दीर्घकालीन रूपमा नेपाल र नेपाली अर्थतन्त्रका लागि यो अवसर भएको धारणा व्यक्त गरे। तत्काल भारुमा भन्दा डलरमा आयात गर्न समेत उनले व्यवसायीलाई सुझाव दिए।
 
भारु प्रतिबन्धका कारण मुलुकमा उत्पन्न समस्या सुल्झाउन सरकार र नेपाल राष्ट्र बैंकका उच्च नेतृत्वले भारतीय समकक्षीसँग निरन्तर कुरा भइरहेको उनले जानकारी दिए। 'त्यसैले अहिले केहL समस्या परे पनि विचलित नहुनुहोला,' उनले व्यवसायीलाई अनुरोध गरे।
 
सङ्गठनका अध्यक्ष मुकेश उपाध्यायले नेपालबाट उपचार र अध्ययनका लागि भारत गएका नेपालीहरु ठूला दरका भारु नोट नचल्दा बढी समस्यामा परेको बताए। 'यसबारे सरकार र राष्ट्र बैंकले जे गर्न सक्ने हो त्यसका लागि अबिलम्ब पहल गर्नुपर्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell