
काठमाडौं : व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने २५ साना दलको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको छ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा साना दलका सांसदहरुले बुझाएको ज्ञापन पत्रमा थ्रेसहोल्ड सम्बन्धी व्यवस्था नगर्न तथा साना दलहरुलाई पनि ठूला दलहरु सरह सेवा सुविधाको व्यवस्था गर्न माग गरिएको छ। यस्तै संघीय पदाधिकारीहरुको पारिश्रमिक सम्बन्धी विधेयकमा व्यवस्था गर्न पनि उनीहरुको माग छ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै अन्य दलहरुसँग पनि छलफल गर्ने बताए।