PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

​जापानमा ५४ वर्षपछि पहिलो पटक नोभेम्बरमा हिउँ पर्‍यो



पहिलोपोस्ट

​जापानमा ५४ वर्षपछि पहिलो पटक नोभेम्बरमा हिउँ पर्‍यो

जापानमा ५४ वर्षपछि नोभेम्बर महिनामा पहिलो पटक 'स्नोफल' भएको छ। जापानको राजधानी टोकियोमा बसोबास गर्नेहरुका लागि यसले आश्चर्यचकित बनाएको छ।

टोकियो महानगरमा बिहीबार हिउँको वर्षा भएको हो। जापानी मेट्रोरोलोजिकल एजेन्सीका अनुसार गत वर्षभन्दा यस पटक ४० दिनअघि हिउँ परेको हो।

यही हिउँ भुइँमा जमेको खण्डमा यसले अर्को रेकर्ड समेत बनाउनेछ।

मेट्रोरोलोजिकल एजेन्सीले सडकमा आइस हुन सक्ने, इलेक्ट्रिक वायर र रुखहरुमा हिउँ पर्न सक्ने, प्लास्टिक ग्रिनहाउस नष्ट हुन सक्ने चेतावनी दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell