PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

'पुरानो डुङ्गा'को रेड कार्पेट प्रिमियर, मुख्य अभिनेत्री प्रियंका किन अनुपस्थित?



पहिलोपोस्ट

'पुरानो डुङ्गा'को रेड कार्पेट प्रिमियर, मुख्य अभिनेत्री प्रियंका किन अनुपस्थित?

काठमाडौं : नेपाली फिल्म 'पुरानो डुङ्गा'को रेड कार्पेट प्रिमियर गरिएको छ। बुधबार बेलुका राजधानीको जयनेपाल हलमा फिल्मी कलाकार र सञ्चारकर्मीमाझ प्रिमियर गरिएको हो।
 
प्रिमियरमा मुख्य कलाकारहरु दयाहाङ राई, माओत्से गुरुङ, मेनुका प्रधान लगायतका कलाकारको उपस्थित थियो। नेपाली रजतपटका नायक आर्यन सिग्देल, संयोक कोइराला, नायिकाहरु वर्षा राउत, केकी अधिकारी, वेनिशा हमाल पनि प्रिमियरमा सहभागी रहे।
 
तर फिल्मकी मुख्य कलाकार अभिनेत्री प्रियंका कार्की भने अनुपस्थित रहिन्। हाल उनी लण्डनमा रहेकीले आफ्नै अभिनय रहेको फिल्मको प्रिमियरमा सहभागी हुन सकिनन्।
 
सिनेटमा आर्ट्स र माओत्से गुरुङ फिल्म्स प्रालिले निर्माण गरेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्।
 
फिल्ममा माओत्से गुरुङ, दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधानसँगै डिबी गुरुङ, बुद्धि तामाङ, मनी रामा पोखरेल, सुदाम सिके, पुस्कर गुरुङ, पुर्णिमा गुरुङ लगायतको अभिनय रहेको छ।

शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म पुरानो डुङ्गाको कथामा आधारित छ। दुई दाजुभाइबीच एउटा डुङगाको लागि पर्ने झगडा र त्यसले निमत्याउने परिणामको वरिपरि फिल्मको कथावस्तु घुम्छ।
 
फिल्मको स्क्रिप्ट निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् भने कथा माओत्से गुरुङको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell