PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

अस्पतालमा शय्या बढाउनुपर्ने माग गर्दै तिवारी बसे आमरण अनशनमा



पहिलोपोस्ट

राजविराज : विभिन्न माग राख्दै नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकासकुमार तिवारीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको परिसरमा आमरण अनशन थालेका छन्।
 
अस्पतालमा बालमैत्री, बिरामी बालबालिकालाई उपलब्ध हुने खानाको सुप्रबन्ध हुनुपर्ने, बिरामीलाई स्वस्थ, पोषिलो खाना, स्वच्छ पानी, अस्पतालमा नाक, कान, घाँटी, छाला, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिस्ट लगायतका चिकित्सक, प्राविधिक उपलब्ध हुनुपर्ने र प्रसूतिगृह, निर्माणाधीन भवनको अविलम्ब निर्माण कार्य, चिकित्सकको आवासको व्यवस्थासहितका माग राख्दै अध्यक्ष तिवारी बुधबारदेखि आमरण अनशनमा बसेका हुन्।
 
अस्पताल व्यवस्थित गर्नका लागि तिवारीको नेतृत्वमा एक टोलीले विभिन्न दबाबमूलक गतिविधि गर्दै यसअघि अल्टिमेटमसहितको मागपत्र अस्पताल प्रशासनलाई बुझाइसकेको तिवारीले बताए।
 
अस्पतालको आकस्मिक कक्षमा २५ वटा शय्या मात्र छ। दैनिक ५० देखि सय जना बिरामी आउने गरेकाले शय्याको अभाव भएकाले चिसोको समयमा भुइँमै उपचार गराउन बाध्य रहेको अस्पतालले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell