PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

माइक्रोबसबाट खसेका नेता चित्रबहादुर केसीको स्वास्थ्यमा सुधार हुँदै



पहिलोपोस्ट

माइक्रोबसबाट खसेका नेता चित्रबहादुर केसीको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौं : माइक्रोबसबाट झरेर घाइते भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको छ।
 
गौशालाबाट माइक्रोबस चढेर चाबहिलतर्फ जाँदै गर्दा उनी गौशालानेर बुधबार दुर्घटनामा परेका थिए। गुडिरहेको बसबाट खस्दा उनको टाउको र ढाडमा चोट लागेको थियो। तत्काल उनलाई सिनामंगलको केएमसी अस्पताल लगिएको थियो।

ढाडमा समस्या आएको र चिकित्सकले फिजियोथेरापी गर्न सुझाव दिएको उनका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिए। उनको स्वास्थ्यमा पनि निकै सुधार आएको उनले बताएका छन्।

डा. अमित थापाको समूह पूर्व उपप्रधानमन्त्री समेत रहेका ७६ वर्षीय केसीको उपचारमा संलग्न छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell