PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

आलिया भन्छिन्- 'शाहरुखसँग रोमान्स गर्न नपाएकोमा गुनासो छैन'



पहिलोपोस्ट

आलिया भन्छिन्- 'शाहरुखसँग रोमान्स गर्न नपाएकोमा गुनासो छैन'

काठमाडौँ : आलिया भट्टले १२ वर्ष बुवाको साथीका रुपमा शाहरुख खानसँग भेटेकी थिइन्। बुवा महेश भट्टसँग साहरुखको घरमा दिएको पार्टीमा आलिया सहभागि थिइन्।

भोलिबाट प्रदर्शन हुन लागेको चलचित्र डियर जिन्दगीमा शाहरुखको अपोजिट भूमिकामा स्क्रिन सेयर गर्दैछिन् आलियाले। तर आलियाको शाहरुखसँग रोमान्स गर्ने इच्छा भने चलचित्रले पूरा गरेन।

रोमान्स किङ्ग साहरुख खानसँग फिल्ममा आफूले रोमान्स गर्ने अवसर नै नपाएको आलियाले बिबिसी हिन्दीलाइ बताएकी छिन्।

तर शाहरुखसँग अनस्क्रिन रोमान्स गर्न नपाउँदा कुनै गुनासो नभएको आलियाले बताएकी छिन्। फिल्म डियर जिन्दगीमा शाहरुखको अपोजिटमा रहेर पनि फिल्ममा उनिहरुको रोमान्टिक प्रेम कथा भने छैन।

आलिया भन्छिन्, ‘फिल्ममा न रोमान्टिक स्कोप छ न टिपिकल लभ स्टोरी देखाउँन हाम्रो उमेर मिल्दो देखिन्छ।‘

‘तर मौका मिल्यो भने साहरुखसँग रोमान्टिक फिल्म गर्न चाहन्छु’, उनले भनेकी छिन्।

गौरी सिंदे निर्देशित फिल्ममा शाहरुख खान आलिया भट्टको लाइफ कोचका रुपमा देखिएका छन्। व्यक्तिगत जीवनमा पनि शाहरुखको सोचसँग प्रभावित आलिया भन्छिन्, ‘उहाँको र मेरो सोच्ने बुझ्ने शैली मिल्दो छ जस्तो लाग्छ। फिल्म क्षेत्रमा लागेको २५ वर्ष हुँदा पनि उनि स्टार हुनुको बोझ उठाउँदैनन्, जुन पक्ष मलाई खुब मनपर्छ।‘

डियर जिन्दगी नोभेम्बर २५ (भोली)बाट प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell