PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

काठमाडौंमा बसले ठक्कर दिँदा पैदल यात्रु युवा गम्भीर घाइते



पहिलोपोस्ट

काठमाडौं : काठमाडौंको कारखाना चोकमा आज बिहान बसले पैदलयात्रुलाई ठक्कर दिँदा एक युवा घाइते भएका छन्।
 
कलंकीबाट स्वयम्भू जाँदै गरेको बा ४ ख ३२५३ नम्बरको बसले बाटो क्रस गर्दै गरेको मकवानपुर गोकर्ण-७ घर भई हाल स्वयम्भू बस्ने २२ वर्षीय दिनेश लामा वाइवालाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको छ।
 
ठक्कर दिने बस र चालकलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell