PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

चीनमा निर्माणाधीन टावर भत्किँदा ४० जना कामदारको मृत्यु



पहिलोपोस्ट

चीनमा निर्माणाधीन टावर भत्किँदा ४० जना कामदारको मृत्यु

बेइजिङ :  चीनमा निर्माणाधीन टावर भत्कँदा कम्तीमा ४० जना कामदारले ज्यान गुमाएका छन्।

पूर्वी चीनमा रहेको जियाङसी प्रान्तमा निर्माणाधीन विद्युत गृहको छतमा निर्माणाधीन टावर भत्किँदा कम्तीमा ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। काम गर्ने क्रममा त्यहाँ ६८ जना कामदार रहेका थिए।

स्थानीय समय अनुसार बिहीबार बिहान ७ बजे सो घटना भएको हो। घाइते ५ जना मजदुहरुको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ।एजेन्सी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell