PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

ट्रम्पले आफ्नै आलोचकलाई दिए नियुक्ति, राजदूत र शिक्षामन्त्री दुवैमा महिला



पहिलोपोस्ट

ट्रम्पले आफ्नै आलोचकलाई दिए नियुक्ति, राजदूत र शिक्षामन्त्री दुवैमा महिला

पाल्मविच (अमेरिका) : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक समेत केही महिलालाई सहयोगीका रूपमा नियुक्त गरेका छन्।
 
साउथ क्यारोलीनाकी ४४ वर्षीय गभर्नर निक्की हेलीलाई उनले संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको राजदूतका रुपमा नियुक्त गरेका हुन्। हेलीले ट्रम्पको प्रस्ताव अनुसार राष्ट्रसंघका लागि अमेरिकी राजदूतको मन्त्रिस्तरीय पद स्विकार्ने निर्णय गरेकी छिन्।
 
भारतीय आप्रवासी परिवारकी हेलीले अमेरिकामा मुसलमानहरुलाई प्रवेश गर्न प्रतिबन्ध लगाउने ट्रम्पको प्रस्तावको चर्को आलोचना गरेकी थिइन्।
 
त्यसैगरी बेट्सी डेभोसलाई पनि शिक्षा मन्त्रीको रुपमा ट्रम्पले छनोट गरेका छन्। डेभोस स्थानीय सरकारी विद्यालयको अध्यक्ष थिइन्।

डेभोसले निर्वाचन अभियानका बेला ट्रम्पले रिपब्लिकन पार्टीको वास्तविक प्रतिनिधित्व नगर्ने बताउँदै ट्रम्पको खरो आलोचना गरेकी थिइन्।
 
दुवै मनोनयनलाई रिपब्लिकन पार्टी नियन्त्रणमा रहेको अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्नेछ। रासस/सिन्ह्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell