PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

कमल थापाको प्रश्न- 'संविधान संशोधनबारे छलफलमा साना दललाई किन बेवास्ता?'



पहिलोपोस्ट

कमल थापाको प्रश्न- 'संविधान संशोधनबारे छलफलमा साना दललाई किन बेवास्ता?'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले अब कुनै पनि दल संविधानमा आफ्ना माग पूरा नभएको भन्दै बन्दुक बोकेर जंगल पस्नु नपर्ने बताएका छन्।

राजधानीमा बिहिबार एमालेको भ्रातृ संगठन युवा संघ नेपालले आयोजना गरेको विचर गोष्ठीमा बोल्दै अध्यक्ष थापाले माग पूरा गराउने नामा सीमा नाकामा धर्ना समेत बस्नु नपर्ने बताए।

अहिलेको संविधानले विचार स्वतन्त्रतको ग्यारेन्टी गरेको र संविधान संशोधनको सहजीकरण गरेकाले चित्त नबुझेका विषयमा संसदमा नै छलफल गर्न सकिने भनाइ राखे। 'सरकारले तत्काल मधेसका समस्या समधान गर्नुपर्छ,' उनले भने, 'मधेसकै समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन त्यति सहज छैन।'
 
कुनै पनि निर्वाचन असम्भव नरहेकाले जतिसक्दो चाँडो समस्या समाधानतर्फ लाग्नुपर्नेमा उनले जोड दिए। 'सरकार र मधेसवादी दलहरु लचक भएर समधान खोज्नुपर्छ। चाँडै समधान नखोजिए अतिवादी र विखण्डकारी शाक्तिको हाबी हुने खतरा मैले देखेको छु।'

संविधान संशोधनका विषयमा ठूला दल मात्र नभई साना दलहरुसँग पनि छलफल गरिनुपर्ने उनको भनाइ छ। संविधान संशोधनमा सबै दल लचक हुनुपर्ने भन्दै थापाले थपे, 'संशोधन हुँदै हुन्न भनेर अडान पनि नराखौं। राष्ट्रियता खतरामा नपरोस्।'

युवा संघका कार्यकर्ताको प्रशंसा गर्दै उनले आफूहरु युवाबाट लोभिएको बताए। 'यति सक्षम युवाहरु हुनुहुन्छ। यहीँबाट चोरेर लैजाऔं जस्तो लागिरहेको छ,' उनले ठट्टा गरे।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि आएको संयुक्त वक्तव्यप्रति भने उनले खेद प्रकट गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell