PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

उपत्यकामा सडक विस्तार किन सुस्त? तथ्यांकमा पढ्नुस्, कहाँ कति प्रगति भयो?



पहिलोपोस्ट

उपत्यकामा सडक विस्तार किन सुस्त? तथ्यांकमा पढ्नुस्, कहाँ कति प्रगति भयो?

काठमाडौँ : उपत्यकाको बढ्दो सवारी साधनको चाप थेग्न विभिन्न स्थानमा ३४ दशमलव ३५५ किलोमिटर सडक विस्तार गरिएको छ। ५४ दशमलव २३८ किमि विस्तारको क्रममा छ।
 
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले आर्थिक वर्ष २०६४/६५ देखि सडक विस्तारको काम सुरु गरेकोमा २१ वटा सडक विस्तार भएको १२ वटा सडक विस्तारका क्रममा रहेको आयोजनाका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए।
 
विस्तार भएका सडकमा माइतीघर–तीनकुने २.६०० किमि, कालिमाटी–बल्खु–त्रिभुवन विश्वविद्यालय मूलद्वार २.२०० किमि, गौशाला–पुरानो बानेश्वर–नयाँ बानेश्वर–शङ्खमूल ३.४३० किमी, डिल्लीबजार–नक्साल–भाटभटेनी–बालुवाटार (थिरबम मार्ग) ३.२३० किमी, काठमाडौँ प्लाजा–पिपा गोश्वारा–डिल्लीबजार (कालिकामार्ग) ०.७५० किमी छन्।
 
त्यसैगरी कमलपोखरी–ज्ञानेश्वर–रातोपुल १.५२० किमी, लैनचौर–महाराजगन्ज–बुढानीलकण्ठ ८.३५० किमी, माइतीघर–भद्रकाली ०.५५० किमी, रानीबारी–शिवमार्ग सरकारी धारा ०.८५० किमी, धुम्बाराही–मण्डिखाटार–गल्फुटार २.४०० किमी, जयनेपाल–काठमाडौँ प्लाजा ०.४०० किमी, कालिकामोड–डिल्लीबजार–पुतलीसडक ०.४८० किमी, मैतीदेवी–ज्ञानेश्वर ०.५०० किमी, एनके सिंह सडक ०.४६० किमी, जडीबुटी–पेप्सी–मनोहरा २.२२० किमी, मैतीदेवी–डिल्लीबजार–कालिकामोड ०.९३० किमी, पुतलीसडक–बागबजार ०.६२० किमी, बुद्धनगर ड्रेनेज कार्य ०.४०० किमी, राजा जनक मार्ग तीनकुने ०.१६५ किमी, बालाजु–शोभाभगवती–डल्लुपुल (विष्णुमती कोरिडोर) ०.५०० किमी र गौशाला–एयरपोर्ट–तीनकुने २.००० किमी सडक विस्तार भएको छ।
 
चालु आवमा विस्तार भइरहेका सडकमा सिनामङ्गल–पुरानो बानेश्वर–मैतीदेवी–सेतोपुल २.०५० किमी, त्रिभुवन विश्वविद्यालय मूलद्वार–नयाँबाटो मोड ०.६६० किमी, बूढानीलकण्ठ मन्दिर–टोखा विष्णुमति ०.८५० किमी, त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा १२.४८० किमी छ।
 
२०३३ सालको मापदण्डअनुसार यो सडक विस्तार गरेपछि पटकपटक अदालतले तत्कालका लागि कार्य अघि नबढाउन आदेश जारी गरेकाले काममा समस्या भएको आयोजनाले जनाएको छ।
 
यसैगरी चाबहिल–जोरपाटी–साँखु ११.४६० किमी, सातदोबाटो–लगनखेल ०.८०० किमी, इमाडोल–सिद्धिपुर–गोदावरी ३.१२६ किमी, ढोलाहिटी–सुनाकोठी–चापागाउँ ७.२०० किमी, कर्मनासा–हरिसिद्धि ४.१५० किमी, जोरपाटी–सुन्दरीजल ७.००० किमी, नक्खु–भैँसेपाटी–बुङ्मती ३.५२० किमी र चक्रपथ ज्ञानज्योति गणेश विद्वत् मार्ग ०.७४२ किमी सडक विस्तार क्रममा छ।
 
उपत्यकामा विस्तार भइसकेका र विस्तार हुने क्रममा रहेका गरी ८८.५९३ किमी सडक विस्तारका क्रममा रहे पनि गौशाला–चावहिल सडक विस्तार नहुँदा कार्यालय समयमा यो मार्ग भएर चल्ने सवारी घन्टौँ जाममा पर्ने गरेका छन्।
 
सडक विस्तारका लागि काम सुरु भएको दुई वर्षमा सक्नुपर्ने गरी अवधि तोकिए पनि स्थानीयवासीले घर भत्काउन नमान्ने, नेपाल विद्युत् प्राधिकरणले बिजुलीको पोल नहटाइदिने र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले खानेपानीको लाइन नहटाउनाले समस्या भएको आयोजनाले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell