PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

साझाले आइतबारदेखि चलाउँदैछ ३० वटा नयाँ बस, विस्तारित रुट यस्ता छन्



पहिलोपोस्ट

साझाले आइतबारदेखि चलाउँदैछ ३० वटा नयाँ बस, विस्तारित रुट यस्ता छन्

काठमाडौं : साझा यातायातले थप गर्ने नयाँ ३० वटा बस आइतबारदेखि सञ्चालन हुने भएका छन्। 

आगामी १२ गते प्रधानमन्त्री पुष्पकपल दाहाल प्रचण्डले साझाका थप गरिएका गाडी सञ्चालनको उद्घाटन गर्नेछन्। अब साझा यातायातले कोटेश्वरदेखि स्वयम्भूसम्म नयाँ रुटमा बस सञ्चालन गर्नेछ। साझाले एउटा मात्रै नयाँ रुट र अरु पुरानै रुटमा बस संचालन गर्ने प्रस्तावसहित यातायात व्यवस्था विभागमा आवेदन दिएको थियो।

साझाले भक्तपुर र थानकोटमा बस सञ्चालनका लागि आवेदन नै गरेन। यसअघि साझाले यी दुर्इ स्थानमा बस सञ्चालन गर्ने जानकारी दिएको थियो। भक्तपुरमा स्थानीय बस व्यवसायीको विरोधका कारण रुट परमिटका लागि आवेदन नदिएको स्रोतले बतायो। 

साझाका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर पाण्डेले एउटा मात्रै नयाँ रुट र अरु पुरानै रुटमा बस सञ्चालन गर्ने प्रस्ताव विभागमा दिएको बताए। 

थप गाडीहरु काठमाडौं महानगरपालिका र साझा यातायातको सहकार्यमा सञ्चालनमा आउन लागेका हुन्। साझाले काठमाडौं महानगरपालिकासँग ऋणलाई शेयरमा परिणत हुनेगरी १० करोडको लगानीमा बस चलाउन लागेको हो।

यी रुटमा चल्नेछन् नयाँ गाडी

रुट नं १ : लगनखेल, जावलाखेल, कुपन्डोल, त्रिपुरेश्वर, नेपाल वायुसेवा निगम, जमल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोक, बसुन्धरा सामाखुसी चोकदेखि नयाँ बसपार्क। यो रुटमा १० वटा बस सञ्चालनमा आउनेछन् ।

रुट नं २ : एयरपोर्ट, तिलगंगा, गौशाला, रातोपुल, जैनभवन, डिल्लीबजार, चारखाल, बागबजारको कन्या क्याम्पस, पुरानो बसपार्क, सहिदगेट, वायुसेवा निगम, न्युरोड गेट, जमल, लैनचौर, ठमेल चोक, सोह्रखुट्टे, नयाँबजार, बनस्थली, बालाजु चोक, नयाँ बसपार्क। यो रुटमा १० वटा बस चल्नेछन् ।

रुट नं ३ : कोटेश्वर, तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, सिहंदरबार, सहिदगेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टीमोड, रविभवन, कलंकी, सितापाइला स्वयम्भुसम्म। यो रुटमा १० वटा बस चल्नेछन्।

रुट नं ४ : ग्वार्को, बी एण्ड बी अस्पताल, सातदोबाटो, पाटन औद्योगिक क्षेत्र, लगनखेल, जावलाखेल, कुपन्डोल, त्रिपुरेश्वर, नेपाल वायुसेवा निगम, जमल, लैनचौर, पानीपोखरी, राष्ट्रपति भवन, टिचिङ अस्पताल, नारायण गोपाल चोक, बाँसवारी, गंगालाल अस्पताल, न्युरो अस्पताल, गोल्फुटार, हात्तीगौडा, गणेश चोक, इटालीटार, घुम्ती, चपली गाउँ, देउवा चोक, बुढानीलकण्ठ नारायणथान। यो रुटमा आठ वटा बस चल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell