PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

​महिला एसिया कप : अभ्यास खेलमा नेपाल थाइल्याण्डसँग पराजित



पहिलोपोस्ट

​महिला एसिया कप : अभ्यास खेलमा नेपाल थाइल्याण्डसँग पराजित

थाइल्याण्डमा शनिबारबाट सुरु हुने महिला एसियाकप खेल्नु अघि अभ्यास खेलमा नेपाली महिला टोली थाइल्याण्डसँग पराजित भएको छ।

विहिबार भएको अभ्यास खेलमा नेपाल थाइल्याण्डसँग १९ रनले पराजित भएको हो। ८३ रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा ६३ रनमै अलआउट भयो।

नेपालको लागि नेरी थापाले १७ रन जोड्नु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। नेपालले १४ रन अतिरिक्तबाट पाएको थियो।

नेपाललाई कम स्कोरमा रोक्न थाइल्याण्डकी नतया बुचाथाम, रत्तना पाडुङ्ग्लेरो र रतनापोन सानग्सोमाइले समान २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनाएको थियो।
 
थाइल्याण्डका लागि चानिदा सुथिरङले नकआउट रहँदै सर्वाधिक ३५ रन जोडिन् भने नताकान चान्थमले १० रनको योगदान गरिन्। साइनामिन सायन्या १० रनमा नटआउट रहिन्।

बलिङतर्फ नेपालकी सिता राना मगर, सरस्वती चौधरी र करण भण्डारीले समान २ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्रीले १ विकेट हात पारिन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell