PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

​फुटसल लिग : बानेश्वर र ताहाचलको जित



पहिलोपोस्ट

काठमाडौं : राजधानीमा जारी रेडबुल फुटसल लिग अन्तर्गत विहीबार भएका खेलमा बानेश्वर फुटसल रिक्रियसन सेन्टर र ताहाचल फुटसलले जित हात पारेका छन्।

समूह ए  अन्तर्गत होम ग्राउन्डमा भएको खेलमा बानेश्वरले अवे टिम किकअफ फुटसललाई ५–३ को गोल अन्तरले पराजित गर्दै किकअफसँगको अंक दूरी कम गरेको छ। 

अत्यन्त प्रतिस्पर्धात्मक खेलमा बानेश्वरलाई जिताउन कप्तान मानसाजन राजभण्डारी र गोलकिपर रजत शर्माले उत्कृष्ट प्रदर्शन गरे। मानसाजनले ह्याट्रिक गर्दा विपु लामाले २ गोल गरे। खेलको म्यान अफ द म्याच बानेश्वरका गोलकिपर रजत शर्मा भए।  

हरपछि पनि किकअफ ९ खेलबाट २१ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ भने दोस्रो स्थानमा रहेको बानेश्वरले ९ खेलबाट १९ अंक जोड्दै किकअफलाई पछ्याइरहेको छ।

त्यसैगरी अर्को खेलमा ताहाचल फुटसलले कीर्तिपुर फुटसललाई ११–५ को फराकिलो अन्तरले पराजित गरेको छ। गोलको वर्षा भएको खेलमा ताहाचललाई जिताउन म्यान अफ द म्याच सुजित बुढाथोकीले डबल ह्याट्रिक गरे। त्यसैगरी राज शाहीले २ गोल गर्दा विजय शाही, विनय महर्जनले १÷१ गोल गरे । अर्को अतिरिक्त गोल कीर्तिपुरबाट आत्मघाती रुपमा पायो। 

कीर्तिपुरका यमन महर्जनले २ गोल गर्दा जोन महर्जन, एपेक्स महर्जन र अमिर तामाङले १÷१ गोल फर्काए।

जितपछि ९ खेलबाट १९ अंक जोड्दै ताहाचल समूह बी को दोस्रो स्थानमा छ। ९ खेलबाट २२ अंक जोडेको शंखमूलले शीर्ष स्थान मा छ। ९ खेल नै खेलेको कीर्तिपुर फुटसल ७ अंक जोड्दै छैटौं स्थानमा छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell