PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

​प्रथम राष्ट्रिय खुला स्केटबोर्डिङ च्याम्पियनसिप शनिबार हुने



पहिलोपोस्ट

काठमाडौं : नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा प्रथम राष्ट्रिय खुला स्केटबोर्डिङ च्याम्पियनसिप शनिबार हुने भएको छ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने प्रतियोगिताको बारेमा विहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष अच्युत खनालले जानकारी गराए।

पुरुषमा ३५ र महिलामा १० खेलाडीको सहभागिता रहने संघका महासचिव चुडामणि खरेलले जानकारी दिए। पुरुष र महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार हात पार्नेछन्। 

यस्तै वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीलाई ८ हजार मूल्य बराबरको एक–एक थान स्केट बोर्ड प्रदान गरिने भएको छ।

शुक्रबार खेलाडीहरुको प्रारम्भिक छनोट गरिने आयोजकले जनाएको छ। प्रारम्भिक छनोटको पुरुषमा १२ र महिलामा ४ खेलाडी छनोट गरी फाइनलमा प्रतिस्पर्धा गराइने छ।

अध्यक्ष खनालले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा स्केट पार्क निर्माण गर्ने योजना रहेको पनि बताए। खनालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी गराउन यसै प्रतियोगितालाई आधार मानिने पनि जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell