काठमाडौं : चौथो राष्ट्रिय प्रोफेशनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिप आगामी मंसिर १८ गते हुने भएको छ।
नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक बेल्ट कमिटीको आयोजना र बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो सघंको सह–आयेजनामा हुने च्याम्पियनसिप बाग्लुङ बजारदेखि ९० किमी उत्तरतर्फ बुर्तिबाङमा सञ्चालन हुनेछ।
पहिलो पटक हुन लागेको प्रोफेशनल प्रतियोगितामा दुई विधामा हुने नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक बेल्ट कमिटीका अध्यक्ष घम बहादुर थापा मगरले बताए।
नेपाल आइटिएफ तेक्वान्दो महासंघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुषतर्फ स्पेसल फ्री स्पाएरिङ र प्रोफेशनलको ५७ देखि ६४ केजी तौल सुमहमा खेल हुनेछ। उक्त च्याम्पियनपसिपमा सहभागिता जनाउन राष्ट्रिय प्रतियोगिता खेलिसकेका र ब्ल्याक बेल्ट होल्डर हुनु जरुरी छ।
प्रोफेशनल च्याम्पियनसिपमा खेल्नका लागि पाँच विकास विकास क्षेत्र र दुई विभागिय क्लबबाट छनोट चरण पार गर्नु पर्नेछ। प्रत्येक टिमका तीन खेलाडीले मात्र सहभागीता जनाउन पाउनेछन्।
रोयल हिमचूलि इन्टरनेशनल प्रा.ली बसुन्धाराको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा च्याम्पियनले ६ सय डलर, दोस्रोले ३ सय डलर र तेस्रो हुनेले २ सय डलर, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।