PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

​फिफा वरीयतामा नेपाल ५ स्थान माथि उक्लियो, अर्जेन्टिना शीर्षमा कायमै



पहिलोपोस्ट

​फिफा वरीयतामा नेपाल ५ स्थान माथि उक्लियो, अर्जेन्टिना शीर्षमा कायमै

फिफाले जारी गरेको नोभेम्वर महिनाको नयाँ वरीयतामा नेपालले ५ स्थान फड्को मारेको छ।

मलेसिया सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपालले ५ अंक जोड्दै फिफा वरीयतामा ५ स्थान सुधार गर्दै १८१ औं स्थानमा उक्लेको हो।

यसअघि नेपाल १८६ औं वरीयतामा थियो। दक्षिण एसियाली  क्षेत्रमा भारत सबैभन्दा माथि १३७ औं स्थानमा छ।

भारत नयाँ वरीयतामा कुनै परिवर्तन भएको छैन। ४ स्थान सुधार गरेको माल्दिभ्स १५४ औं स्थानमा छ। भुटान पनि ३ स्थान सुधार गर्दै १७६ औं स्थानमा उक्लेको छ।

नेपाल भन्दापछि दक्षिण एसियाका ३ राष्ट्र छन्। बंगलादेश ५ स्थान सुधार गर्दै १८३ औं स्थानमा उक्लेको छ। 

श्रीलंका १ स्थान तल झर्दै १९५ औं स्थानमा छ भने पाकिस्तान कुनै परिवर्तन नभई १९७ औं स्थानमा छ।

विश्व वरीयतामा भने अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ। एक स्थान सुधार गर्दै ब्राजिल दोस्रोमा उक्लेको छ भने जर्मनी तेस्रोमा झरेको छ।

२ स्थान सुधार गर्दै चिली चौथो स्थानमा उक्लेको छ भने समान एक स्थान तल झरेको बेल्जियम पाँचौं र कोलम्विया छैटौ स्थानमा छ।

सातौं देखि दशौंसम्म क्रमश फ्रान्स, पोर्चुगल, उरुग्वे र स्पेन यथावत रहेका छन्।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell